default_image

1 year ago

May 19, 2023

न्यूक्यासलको सानदार जित

186 views

0 Bookmark

एजेन्सी – न्यूक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा न्यूक्यासलले ब्राइटन होब अल्वियोनलाई ४–१ ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो ।सेन्ट जेम्स पार्क न्यूक्यासलमा घरेलु टोलीको जितमा ड्यानियल बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका डेनिज अन्डभले एक गोल फर्काए ।

खेलको २२औं मिनेटमा डेनिज अन्डभको आत्मघाती गोलबाट न्यूक्यासलले अग्रता लिन सफल भएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिल बर्नले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा डेनिज अन्डभले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

८९औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई सहज जिततर्फ अग्रसर गराए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै न्यूक्यासललाई ४–१ को सानदार जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको न्यूक्यासलको ३६ खेलबाट ६९ अंक पुगेको छ । एक खेल कम खेलेको युनाइटेडको ६६ अंक छ । पराजित ब्राइटन ३५ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.