2 years ago
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीमा रोकिएको छ ।
मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो । मनाङका लागि दुवै गोल कोफी कोउडुले गर्दा संकटाका युसेफ एट्रिस र मनिष डाँगीले बराबरी गोल फर्काए ।
खेलको १९औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा युसेफ एट्रिसले गोल गर्दै खेललाई १–१ गोेलको बराबरीमा ल्याए ।
त्यसको एक मिनेटपछि नै कोफी कोउडुले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । तर, त्यो अग्रतालाई मनाङले दोस्रो हाफमा जोगाउन सकेन ।
५२औं मिनेटमा मनिष डाँगीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । पहिलो राउन्डमा मनाङ १–० ले विजयी भएको थियो । त्यसबेला साहिदजमोल दभ्लातजोनोभले गोल गरेका थिए ।
पछिल्लो ५ खेलमा मनाङको यो पाँचौ बराबरीमा हो । आर्मीले १–० ले पराजित गरेयता अपराजित रहेको मनाङले जित निकाल्न सकेको छैन । यस बराबरीसँगै १९ खेलबाट २३ अंक जोडेको मनाङ सातौं स्थानमा छ । संकटा २२ अंक जोडेर आठौं स्थानमा छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]