2 years ago
May 18, 2023
एजेन्सी – साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्द इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले फाइनल यात्रा तय गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दोस्रो लेगमा सिटीले घरेलु मैदानमा एकपक्षीय प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।
खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।
७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । उनको प्रहार एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पु¥याए ।
८९औं मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका अल्भारेजले अर्काे परिवर्तित खेलाडी फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । घरेलु मैदानमा सिटीले सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।
दोस्रो हाफको शुरुमा सिटीलाई दवावमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल खाएपछि रियलको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।
सिटीले यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहो¥याएन । सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो ।
अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।
इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।
तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]