2 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले कुवेतविरुद्ध खेल्दै दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । असार ६ गते भारतको बैंगलुरुमा सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले कुवेतको सामना गर्नेछ ।
भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनपछि जारी गरिएको खेलतालिकामा नेपालले दोस्रो खेल आयोजक भारत र तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालले साविक विजेता समेत रहेको भारतसँग असार ९ गते प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल नेपालले पाकिस्तानसँग असार १२ गते खेल्नेछ ।
समूह बीमा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपाल अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको त्यति बेलाको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । साफ च्याम्पिनसिपको इतिहासमा नेपाल एक पटक मात्र फाइनलमा पुग्न सफल भएको थियो ।
यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्रले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियालका ७ मध्ये ६ राष्ट्रको सहभागिता साफ च्याम्पियनसिपमा रहनेछ । श्रीलंका भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।
सहिद स्मारक ए डिभिजन लिग जेठ २७ गते सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले तालिका बनाएको छ । लिगकै विश्रामको दिन रणनीतिक तयारी गरिरहेको नेपालले लिग सकिएको केहि दिनमै साफ च्याम्पियसिप खेल्नुपर्नेछ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]