2 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको समूह चरणको ड्र आज भारतमा हुँदैछ ।
भारतको नयाँ दिल्लीमा हुने ड्र नेपाली समयअनुसार मध्यान्ह १२:४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिप २१ उन देखि ४ जुलाईसम्म भारतको बेंगलुरुमा हुँदैछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।
यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्रले पनि साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । एसियाली राष्ट्र कुवेत र लेबनानले साफ च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भइसकेको छ । दक्षिण एसियाबाट आयोजक भारतसँगै नेपाल, बंगलादेश, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभगिता जनाउनेछन् । श्रीलंका भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]