default_image

2 years ago

May 17, 2023

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

154 views

0 Bookmark

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टर १३ वर्षपछि फाइनलमा पुग्न सफल भएको हो ।

सानसिरोमा मंगलबार राति भएको खेलमा इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । पहिलो लेगमा मिलान २–० ले विजयी भएको थियो ।

सानसिरोमा इन्टरले एसी मिलानसाग दवावमा झेलेपनि गोल भने घरेलु टोलीले गर्न सफल भएको थियो । यससँगै इन्टरले पछिल्लो तीन भेटमा मिलानलाई पराजित गर्न सफल भएको छ ।

इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन । त्यसयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अब इन्टरले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेग आज राति हुँदैछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.