2 years ago
May 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
सुभाष गुरुङले दोस्रो हाफमा गरेको गोलमा चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो । उनले खेलको ६३ अौं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका थिए ।
यस जितसँगै चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । सातदोबाटो २६ अंकसाथ सातौं स्थानमा कायम छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]