2 years ago
May 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको खेल १-१ को बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा मंगलबार युवा मिडफिल्डर लाकेन लिम्बुले मिडफिल्डबाट सानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । निर्धारित समयको ४ मिनेट बाँकी रहँदा दिनेश हेन्जनको गोलमा आर्मीले खेल बराबर गरेको थियो ।
पहिलो हाफमा थ्री स्टारले आक्रमणसम्म बल पुर्याएपनि त्यसको सदुपयोग गर्न सकेन । सुनिल तामाङ र आयुष श्रेष्ठलाई पहिलो पटक सुरुवात गर्ने अवसर दिएपनि दुवैका लागि बिर्सनलायक प्रदर्शन रह्यो । दुवैलाई पहिलो हाफमै परिवर्तन गरेपछि थ्री स्टारले लय समातेको थियो । यता आर्मीले पनि आक्रमणमा अवसर सिर्जना गर्न सकेन ।
खेलको ६८ औं मिनेटमा लाकेन लिम्बुको दर्शनीय गोलमा थ्री स्टारले अग्रता लियो । विकेश कुथुले प्रहार गरेको किक मिडफिल्डमा लाकेन लिम्बुले नियन्त्रणमा लिँदै सोझै गोलतर्फ प्रहार गरे । विकेशले पोस्टसम्म पुगेपनि लाकेनको लामो प्रहालाई जोगाउन सकेनन् ।
७३ औं मिनेटमा थ्री स्टारका डिफेन्डर पिटर सेगुनले आर्मीको बराबरी गोल जोगाए । दिनेश हेन्जनको फ्रिकिकलाई उनले गोललाइनबाट क्लियर गरेका थिए ।
८३ औं मिनेटमा विकेशले सुन्दर बचाउ गर्दै आर्मीलाई खेलमा कायम राखे । आदित्य शाक्यको हेडरमा अजायी मार्टिन्सको प्रहारलाई विकेशले पोइन्ट ब्लान्क रेन्जबाट बचाएका थिए ।
८६ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेडर गोलमा परिणत भएको थियो । फार पोस्टमा अनमार्क रहेका दिनेशको हेडर महेन्द्र कार्कीलाई लाग्दै गोल भएको थियो ।
यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा नै छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]