default_image

2 years ago

May 16, 2023

आज लिगमा विभागीय डर्बीसँगै शीर्ष टोलीको भिडन्त

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदैछ । दिउँसो ३ बजे च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा दशरथ रंगशालामा शीर्ष ६ मध्य ४ टोली खेल्नेछन् ।

च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा पुलिससँग जारी लिगकै उच्च स्थानमा उक्लने अवसर हुनेछ । पहिलो लेगमा च्यासल मैदानमा नै एपिएफले २-० को जित दर्ता गरेको थियो । एपिएफले पछिल्लो तीन मध्य २ खेलमा हार बेहोरेको छ ।

पुलिस भने विदेशी खेलाडीको आगमनपछि निकै बलियो देखिएको छ । पछिल्लो ५ मध्य ३ खेलमा जित हासिल गरेको पुलिस सोहि लयलाई निरन्तरता दिन चाहन्छ । संकटाविरुद्ध २-१ को जितपछि रेलिगेसन क्षेत्रबाट निक्लेको पुलिसले आज ३ गोलको अन्तरले जिते एपिएफलाई पनि उछिन्नेछ ।

दिउँसो ३ बजे नै दशरथ रंगशालामा थ्री स्टार ए त्रिभुवन आर्मी फुटबल क्लब खेल्नेछन् । पहिलो लेगमा थ्री स्टारले १-० को जित दर्ता गरेको थियो । आर्मीले पछिल्लो खेलमा चर्च ब्वाइजलाई पराजित गर्दै लिगको उपाधि होडमा आफ्नो सम्भावना कायम राखेको छ । थ्री स्टारलाई पराजित गरे आर्मी लिगको चौथो स्थानमा उक्लनेछ ।

यता थ्री स्टार खराब लयलाई पूर्णविराम लगाउन चाहन्छ । पछिल्लो ६ खेलमा विना जित ४ बराबरी निकालेको थ्री स्टार चोटका कारण समस्यामा छ । मिडफिल्डमा लगातार परिवर्तन गरेको टोली आर्मीलाई हराएर तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

साँझ ६ बजे चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युवा क्लब दशरथ रंगशालामा भिड्नेछन् । यस खेलमा जित हासिल गरे चर्च ब्वाइजले लिगको शीर्षस्थानमा २ अंकको अग्रता लिनेछ । तर कप्तान अनन्त तामाङ, मिडफिल्डर जोस्पे बेम्पा र डिफेन्डर सविन खड्का प्रतिबन्धका कारण टोलीमा छैनन् ।

सातदोबाटोले ४ खेलको जितविहीन यात्रालाई पूर्णविराम लगाउँदै पछिल्लो खेलमा एपिएफलाई हराएको थियो । दिपक राज सिंह ठकुरीको उच्च प्रदर्शनमा जित हासिल गरेको टोलीको आशा उनीमाथि हुनेछ । दिपक सर्वाधिक गोलकर्ता सुचिमा १२ गोल गर्दै शीर्ष स्थानका मेसुके ओलोमोउ भन्दा १ गोलले पछि छन् ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिटलगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.