default_image

1 year ago

May 15, 2023

पाेग्वाले चाेट बाेकेकाे खेलमा युभेन्ट्स विजयी

107 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित दर्ता गरेको द्ध । युभेन्ट्सले घरेलु मैदानमा क्रेमोनेसलाई २–० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा निकोलो फागिओली र ग्लेइसन ब्रेमेरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

५५औं मिनेटमा निकोलो फागिओलीले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले फेडरिको चिइसाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

चोटका कारण झन्डै एक वर्षको अन्तरमा पहिलो रोजाईमा खेलेका फ्रान्सेली मिडफिल्डर पल पोग्वाले पुनः चोट बोक्दै २४औ मिनेटमा मैदानबाट बाहिरिन पुग्यो ।

यस जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सको ३५ खेलबाट ६९ अंक पुगेको छ । पराजित क्रेमोनेस २४ अंक जोडेर १९औं स्थानमा रहँदा रेलिगेसनको खतरा बढेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.