default_image

1 year ago

May 14, 2023

गुन्डोगान चम्कँदा म्यानचेस्टर सिटीको सानदार जित

147 views

0 Bookmark

एजेन्सी – जर्मन मिडफिल्डर इल्केए गुन्डोगानले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकाल्दै उपाधि जित्ने सम्भावना थप मजवुत बनाएको छ ।

घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गरेपछि सिटीले दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

गुडिसन पार्कमा आइतबार राति भएको खेलमा सिटीको सहज जितमा जर्मन मिडफिल्डर इल्केए गुन्डोगानले दुई तथा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले एक गोल गरे ।

खेलको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रियाद महारेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।

५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलको ८१ अंक छ । पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.