2 years ago
May 14, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पार्दा चेल्सी बराबरीमा रोकिएको छ ।
युनाइटेडले घरेलु मैदानमा वल्भ्समाथि २–० को सहज जित हात पारेको हो ।
युनाइटेडको जितमा एन्थोनी मार्सियाल र एलेहान्द्रो गर्नाचोले गोल गरे । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको ३२औ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले एन्टोनीको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा परिवर्तित खेलाडी गर्नाचोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । ८२औं मिनेटमा जेडान सान्चोको स्थानमा मैदान छिरेका गर्नाचोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ६६ अंक नै रहेपनि न्यूक्यासल युनाइटेड गोलअन्तरमा अघि छ । पराजित वल्भ्स ३६ खेलबाट ४० अंक जोडेर १३औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा चेल्सीले घरेलु मैदानमा नटिङहम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको छ । चेल्सीका लागि दुवै गोल रहिम स्टर्लिङले गर्दा नटिङहमका ताइवो एओनियिले पनि दुई गोल गरे ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १३औं मिनेटमा ताइवोको गोलबाट घरेलु टोली चेल्सी खेलमा पछि परेको थियो । ५१औं मिनेटमा रहिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५८औं मिनेटमा रहिमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, ६२औं मिनेटमा ताइवोले पनि व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चेल्सी ३५ खेलबाट ४३ अंक जोडेर ११औं स्थानमा छ । नटिङहम ३६ खेलबाट ३४ अंक जोडेर १६औं स्थानमा छ ।
अन्य नतिजा
लिड्सविरुद्ध न्यूक्यासल (२–२)
साउथह्याम्टनविरुद्ध फुलहम (०–२)
एस्टन भिल्लाविरुद्ध टोटेनहम (२–१)
क्रिस्टल प्यालेसविरुद्ध बर्नमाउथ (२–०)
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]