default_image

1 year ago

May 14, 2023

रियल म्याड्रिडको कठिन जित

140 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित निकालेको छ । रियलले घरेलु मैदानमा गेटाफेमाथि १–० को झिनो जित दर्ता गरेको हो ।

घरेलु मैदानमा रियलको जितमा दोस्रो हाफमा मार्काे एसेन्सियोले गरेको गोल नै निर्णायक बन्यो ।सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

पटक–पटको आक्रमण विफल भएको रियललाई अन्ततः मार्काे एसेन्सियोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । उनले लुकास भास्क्वेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलको ३४ खेलबाट ७१ अंक पुगेको छ । रियल एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि रहँदा तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा २ अंकले अघि छ । दुवै टोलीले एक खेले कम खेलेका छन् । पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.