default_image

1 year ago

May 13, 2023

फुलहमसँगको हारसँगै साउथह्याम्टन रेलिगेसनमा

268 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमै फुलहमसँग हार बेहोर्दै साउथह्याम्टन ११ वर्षपछि इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा फुलहमसँग २–० ले पराजित हुँदै साउथह्याम्टन दुई खेल बाँकी छँदा रेलिगेसनमा परेको हो ।

११ वर्ष प्रिमियर लिगको बसाईको अन्त्यमा साउथह्याम्टन घरेलु मैदानमा फुलहमसँगको हारसँगै रेलिगेसन पक्का भएको थियो । अब साउथह्याम्टनले २०१२ पछि पहिलो पटक अर्को सिजन च्याम्पियनशिप फुटबल खेल्नेछ ।

साउथह्याम्टनले अब प्रिमियर लिगको बाँकी दुई खेलमा जित हासिल गरेपनि रेलिगेसन क्षेत्र छाड्न पर्याप्त हुनेछैन । साउथह्याम्टनले अब ब्राइटन र लिभरपुलसँग खेल्न बाँकी छ ।

निकै नै खराव प्रदर्शन गरेको साउथह्याम्टनले ४ मार्चमा लेस्टरलाई १–० ले पराजित गरेयता ११ खेलमा जित निकाल्न सकेको छैन । जसमा तीन बराबरी र ८ हारको नतिजा छ ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा फुलहमको जितमा भिनिसियस र एलेक्सान्डर मित्रोभिचले गोल गरे । खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको फुलहमले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

४८औं मिनेटमा भिनिसियसले ह्यारिसन रिडको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि ७२औं मिनेटमा मित्रोभिचले ह्यारी विल्सनको पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।

यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ । पराजित फुलहम ३६ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.