2 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबलाई पराजित गर्दै साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
थ्री स्टारलाई १–० ले पराजित गरेपछि मछिन्द्रले थ्री स्टारलाई नै पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो ।च्यासल रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रको जितमा पहिलो हाफमा जापानी मिडफिल्डर युता सुजुकीले गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
वान भर्सेस वानको स्थितिमा ओलावाले ओलाडिपो अफिजको प्रहारलाई थ्री स्टारका गोलरक्षक पूर्ण चेम्जोङले विफल पारेपनि रिवाउन्डमा अनमार्क रहेका युताले गरेको प्रहारलाई गोललाइन नजिक रहेका महेन्द्र कार्कीलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
एक गोलले पछि परेको थ्री स्टारले बल पोसेसन राख्दै मछिन्द्रलाई दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यि दुई टोलीले पहिलो राउन्डमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
यस जितसँगै तेस्रो स्थानमा उक्लिएको मछिन्द्रको १७ खेलबाट ७ जित, ६ बराबरी र ४ हारबाट २७ अंक पुगेको छ । समान खेलबाट थ्री स्टार २५ अंक जोडेर चौथो स्थानमा झरेको छ ।
संकटालाई ३–० ले पराजित गरेयता थ्री स्टारले पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन । जसमा ४ बराबरी र २ हारको नतिजा छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]