2 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा लगातार दोस्रो पटक चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा शनिबार आर्मीले १-० को जित दर्ता गरेको हो । जिलेस्पी जंग कार्कीको एकमात्र गोलमा आर्मी ३ अंक हासिल गर्न सफल रहयो । यसअघि पहिलो लेगमा पनि आर्मीले १-० ले जितेको थियो ।
यस हारले चर्च ब्वाइज शीर्षस्थानमा उक्लन सकेन । यता आर्मी भने पाँचौ स्थानमा पुगेको छ । आर्मीको १७ खेलमा ६ जित, ६ बराबरी र ५ हारसहित २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ८ जित, ६ बराबरी र ३ हारसहित ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।
आठौं मिनेटमा सेसेहाङ आङदेम्बेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एभ्स प्रिसोले पोस्ट पछाडीका लागि पन्च गरिदिए । १९ औं मिनेटमा दिनेश हेन्जनले बायाँ विंगबाट गरेको लामो प्रहारमा प्रिसोले पुन: एकपटक बचाउ गरे । ४१ औं मिनेटमा आर्मीले अर्को अवसर बुन्यो । यसपटक दिनेशको क्रसमा नवयुग श्रेष्ठको हेडर गोलरक्षक प्रिसोले नियन्त्रणमा राखे ।
४४ औं मिनेटमा आर्मीले अग्रता लियो । जितेन्द्र कार्कीले आफ्नै हाफबाट हानेको लामो फ्रिकिकलाई जिलेस्पी जंग कार्कीले हेडरमार्फत गोल गरे । उक्त गोलको केहीबेर अघि गोलरक्षक प्रिसो चोट बोक्न पुगेका थिए र गोल भएपछि उनले मैदान छाडे ।
७१ औं मिनेटमा आशिष चापागाईंको कर्नरमा अनन्त तामाङको हेडर सिधै गोलरक्षक विकेश कुथुको हातमा पुग्यो ।
लिगको अर्को खेलमा मच्छिन्द्रले थ्री स्टार क्लबलाई १-० ले हरायो । युता सुजुकीको गोलमा मच्छिन्द्र विजयी भएको हो ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]