default_image

2 years ago

May 13, 2023

लिगमा आज शीर्ष टोलीको घमासान

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशाला र च्यासल मैदानमा हुने खेलमा लिगको शीर्ष भागमा रहेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको चर्च ब्वाइज शीर्ष स्थानमा उक्लन चाहन्छ । जावलाखेलसँग समान अंक रहेपनि हेड टु हेडमा पछि परेको चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङ चोटबाट फर्कनु सुखद बनेको छ । दुवैले एकसाथ खेलेको खेलमा चर्च ब्वाइज अपराजित छ ।

पहिलो लेगमा आर्मीसँग १-० ले हारेयता चर्च ब्वाइजले लिगमा लगातार जित हासिल गरेको छ । आजको खेलमा आर्मीका तीन खेलाडी प्रतिबन्धमा रहनेछन् । तीन पहेंलो कार्डका कारण कप्तान भरत खवास, डिफेन्डर विमल पाण्डे र विंगर सुदिल राई उपस्थित हुने छैनन् । आर्मी यसैपनि पछिल्लो ४ खेलमा जितविहिन छ ।

दिउँसो ३ बजे नै मच्छिन्द्र क्लब र थ्री स्टार क्लब च्यासल मैदानमा खेल्नेछन् । पछिल्लो ५ खेलमा जित निकाल्न नसकेको थ्री स्टारले पटक पटक शीर्षस्थानमा जाने अवसर गुमाएको छ । आजको खेलमा मच्छिन्द्रलाई थ्री स्टारभन्दा माथि उक्लने अवसर पनि छ । यद्यपि चोटका कारण मुख्य खेलाडी नहुँदा टोलीलाई समस्या पर्न सक्छ ।

चर्च ब्वाइजविरुद्ध टोलीको डिफेन्स कमजोर हुँदा मच्छिन्द्र हार बेहोर्न पुगेको थियो । गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठको फिटनेस महत्त्वपूर्ण हुने देखिन्छ । यता थ्री स्टारका कप्तान विक्रम लामा पनि पछिल्लो खेलपछि बिरामी भएकाले शत प्रतिशत नहुन सक्छन् । पहिलो लेगमा यी दुई टोलीको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपिएफ फुटबल क्लब र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले शीर्ष ४ मा उक्लने अवसर छ । एपिएफले पछिल्लो ५ मध्य २ खेलमा जित हासिल गरेको छ भने सातदोबाटो पछिल्लो ४ खेलमा जितविहिन छ ।

पहिलो लेगमा सातदोबाटोले १-० को जित दर्ता गरेको थियो । विलियम ओपोकुले सेन्टरबाट गोल गर्दै जित दिलाएका थिए । एपिएफले पछिल्लो खेलमा आर्मीलाई ३-० ले हराउनुअघि लगातार ३ खेल जित्न सकेको थिएन ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.