2 years ago
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीमा रोकिएको छ ।
मनाङ हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मनाङका निरन्जन धामीले गोल गर्दा शेर्पाका एबायोमी फकुन्लेले बराबरी गोल फर्काए ।
खेलको १३औं मिनेटमा निरन्जन धामीको गोलबाट मनाङले १–० को अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई मनाङले पहिलो हाफमै जोगाउन सकेन ।
३५औं मिनेटमा एबायोमी फकुन्लेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । यि दुई टोलीले पहिलो राउन्डमा पनि १–१ गोलको बराबरी खेलेका थिए ।
पछिल्लो चार खेलमा अपराजित रहेको मनाङको यो लगातार तेस्रो बराबरी हो । चर्च ब्वाइजसँग ३–० को हारपछि अपराजित रहेको मनाङले आर्मीलाई पराजित गर्दा पुलिस र सातदोबाटोसँग बराबरी खेलेको थियो ।
यस बराबरीसँगै मनाङ १७ खेलबाट ५ जित, ६ बराबरी र ६ हारसँगै २१ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्मीसँग समान अंक भएपनि हेड टु हेडमा अघि छ । २१ अंक नै रहेपनि गोल अन्तरमा शेर्पा नवौं स्थानमा छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]