2 years ago
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा शुक्रबार संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस अंक तालिकामा पुछारको स्थान छोड्न सफल रहयो ।
पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । मोजेस ग्याबा र मोहमद आशिकले पुलिसका लागि गोल गर्दा संकटाका निशान खड्काले फ्रिकिकमार्फत बराबर गरेका थिए ।
यस जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारसहित १९ अंक छ । संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ दशौं स्थानमा छ ।
खेलको सातौं मिनेटमा नै पुलिसले अग्रता लियो । मोजेस र अहमद हिजाजीले एक अर्कासँग पास साटफेर गर्दै राम्रो मुभ सिर्जना गरे । पेनाल्टी क्षेत्रको दायाँ भागबाट हिजाजीले दिएको क्रसमा मोजेसले हेडरमार्फत गोल गरेका थिए ।
२४ औं मिनेटमा संकटा बराबरी गोल गर्न सफल भयो । निशान खड्काले पेनाल्टी क्षेत्र बाहिरबाट दोस्रो बार च्यापेर प्रहार गरेको फ्रिकिक टप कर्नरमा गोल भएको थियो ।
७९ औं मिनेटमा पुलिसले पुन: अग्रता लियो । बेन्चबाट मैदान पसेको ७ मिनेटमा नै आशिकले गोल गरे । उनको पहिलो प्रहार पोस्टमा लागेर फर्केपछि डिफेन्डर र गोलरक्षकको बीचबाट उनले रिबाउन्डमा गोल गरे । इन्ज्युरी समयमा मोजेसको शक्तिशाली प्रहार संकटाको गोलरक्षक टिकेन्द्र थापाले विफल पार्दै स्कोर २-१ मा सिमित राखे । लगत्तै अर्को तर्फ पुलिसका गोलरक्षक शत्रुघन चौधरीले संकटाका जुनियर एन्कुंगेको प्रहार जोगाउँदै जित पक्का गरे ।
दशरथ रंगशालामा आज साँझ ६ बजे हुने दोस्रो खेलमा फुटबल क्लब खुमलटार र न्यु रोड टिम (एनआरटी) खेल्नेछन् ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]