default_image

2 years ago

May 12, 2023

ए डिभिजनमा आज रेलिगेसन क्षेत्रको भिडन्त

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार रेलिगेसन क्षेत्रमा रहेका क्लबहरुबीच मध्य तालिकामा उक्लनका लागि प्रतिस्पर्धा हुँदैछ । आज अंक तालिकाको तल्लो भागमा रहेका ७ मध्य ६ टोली प्रतिस्पर्धामा हुनेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पछिल्लो खेलमा सातदोबाटोलाई हराउँदै संकटाले ६ खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको थियो । यता पुलिस भने पछिल्लो दुई खेलमा जित हासिल गर्न नसकेको अवस्थामा छ ।

विदेशी खेलाडीको आगमनपछि पुलिसले लय समातेको छ । आजको खेलमा जित हासिल गरे पुलिसले पुछार छाड्ने सम्भावना छ । पहिलो लेगमा संकटाले च्यासल मैदानमा ३-० को जित दर्ता गरेको थियो । गत सिजन पनि संकटा नै १-० ले विजयी भएको थियो ।

दिउँसो ३ बजे नै एन्फा कम्पलेक्समा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा खेल्नेछन् । नयाँ प्रशिक्षक विष्णु गुरुङको आगमनपछि मनाङले लगातार दुई खेल बराबरी खेलेको छ । यता शेर्पा ४ खेलको अपराजित यात्रापछि जावलाखेलसँग पछिल्लो खेलमा हारेको थियो ।

पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । आजको खेलमा विंगर सुमित श्रेष्ठ मनाङको टोलीमा उपलब्ध छैनन् । हिमालयन शेर्पा र मनाङको समान २० अंक रहेकाले आजको खेल जित्ने टोलीले छैटौं स्थानमाथि पुग्ने अवसर छ ।

साँझ ६ बजे दशरथ रंगशालामा न्यु रोड टिम (एनआरटी) र फुटबल क्लब खुमलटार खेल्दैछन् । खुमलटारका लागि आज दुई मुख्य खेलाडी अनुपस्थित रहनेछन् । लिगका सर्वाधिक गोलकर्ता मेसुके ओलोमोउ र मिडफिल्डर जय गुरुङ आज तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् ।

एनआरटीले पछिल्लो ५ मध्य एक खेल मात्र जितेको छ । यता खुमलटारले भने पछिल्लो ५ मा ३ खेल हारेको छ । पहिलो लेगमा एनआरटीले खुमलटारलाई ३-१ ले हराएको थियो ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.