2 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्सको मैदानमा बुधबार उपाधिको दावेदार मच्छिन्द्रलाई २-१ ले हराउँदै चर्च ब्वाइज पुन: शीर्षस्थानमा फर्किएको हो ।
चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र त्यसपछि सम्हालिन सकेन । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मच्छिन्द्रले बिरलै चर्च ब्वाइजलाई समस्या दियो ।
चर्चले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ । १६ खेलमा ३० अंकका साथ चर्च ब्वाइज अगाडी छ । दोस्रो स्थानको जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।
४० औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । बायाँ विंगबाट कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत पोस्टको दिशा दिएका थिए । ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पायो । ओमोलाजा नुरेन करीमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुन: अग्रता लिन सफल रहयो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले दबाबमा बल समाउने प्रयासमा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भयो । नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदिपले सुरुवातदेखि पोस्ट सम्हालेका थिए ।
इन्ज्युरी समयमा आशिष चापागाईको प्रहार आफ्नै सहकर्मी अन्जनलाई लाग्दा चर्च ब्वाइज अग्रता बढाउनबाट बन्चित भयो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]