2 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लन प्रतिस्पर्धा हुँदैछ ।
एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुने खेल चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबबीच हुनेछ । पछिल्लो तीन खेलमा लगातार जित हासिल गरेको चर्च ब्वाइज अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता कायम गर्न जित चाहन्छ । यता लिगको पछिल्लो ५ खेल अपराजित रहेको मच्छिन्द्र शीर्ष स्थानमा रहेका दुई क्लबसँग अंक बराबर गर्ने अवसर सदुपयोग गर्ने लक्ष्यमा हुनेछ । यी दुई बीच पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।
चर्च ब्वाइजका लागि राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट लयमा फर्कनु र कप्तान अनन्त तामाङ चोटबाट पुनरागमन गर्नु खुसीको खबर रहेको छ । अन्जनले पछिल्लो दुई खेलमा ह्याट्रिकसहित ४ गोल गरेका छन् । उनको आगमनले प्रशिक्षक बालगोपाल महर्जनलाई टोली छनोटमा पनि पर्याप्त विकल्प देखिएको छ । यद्यपि एरिक विष्टको चोटले भने टोलीलाई केहि समस्या दिएको छ ।
यता मच्छिन्द्रलाई पनि चोटले एकदम सताएको छ । भुटानी विंगर चेन्चो सिजनभर नखेल्ने भएको केहि समयमा नै नेपाली स्टार विमल घर्तीमगर पनि घाइते हुन पुगे । विमलले एपिएफविरुद्ध खेलमा चोट बोकेपछि सिजनको अन्त्यतिर मात्र उपलब्ध हुने देखिएको छ । डिफेन्डर सुरज विक र देवेन्द्र तामाङ पनि चोटसँग जुधिरहेका छन् ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने अर्को खेलमा एपिएफ र आर्मी भिड्नेछन् । पहिलो लेगमा एपिएफले आर्मीलाई हराएको थियो । तर त्यसयता भने आर्मीले लय समातेको छ । आर्मीले पछिल्लो ५ मध्य १ खेल मात्र हारेको छ । एपिएफ भने पछिल्लो खेलमा मच्छिन्द्रसँग इन्ज्युरी समयमा गोल खाँदै पराजित भएको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]