8 years ago
January 6, 2017
दिपक बोहोरा ,पाँचथर
फिदिम स्र्पोटिङ क्लब पाँचथरको आयोजनामा जारी आठौँ फाल्गुनन्द गोल्डकपमा एलाभेन एरोज सुनसरीलाइ १–० ले हराउदै ताप्लेजुङले फाइनलमा विर्ता युनाइटेड क्लब झापा संगको भेट पक्का गरेको छ ।
शुक्रबार फिदिम उच्च मा.बिको खेलमैदानमा भएको खेलमा खेलको ३० औं मिनेटमा ताप्लेजुङका लागी अफ्रिकि मुलका खेलाडी सेगुनले गरेको गोल नै खेलको निर्णयक गोल बन्यो । हेम गुरुङको क्रसमा रिवाउडिङमा आएको बललाइ सेगुनले जाली चुमाएका थिए ।
निकै प्रतिस्पधात्म खेलमा खेल आफ्नो नियन्त्रणमा राखे पनि सुनसरीले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । सुरुदेखिनै आक्रमक देखिएको सुनसरीले एक पछि अर्काे प्रहार बारमा लागेर फर्केको थियो । खेलको अनत्य तिर केहिबेर तनाब समेत हुन पुगेको थियो । आजको खेलमा सुनसरिका सौजन्य राइ म्यान अफ दि म्याच धोषित भए ।
आठैं फाल्गुनन्द गोल्डकपको फाइनलखेल आइतबार साबिक बिजेता कर्ण सिं सोनाम स्मृति क्लब र विर्ता युनाइटेड बिच फिदिम उच्च मा.बिको खेल मैदानमा दिन २ बजे हुनेछ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]