default_image

1 year ago

May 9, 2023

रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै

350 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज (मंगलबार) राति दुई हेवीवेट टोली स्पेनको रियल म्याड्रिड र इंग्ल्यान्डको म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल रियलको मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअअनुसार राति १२ः४५ बजे हुनेछ । रियल र सिटीबीचको यो बहुप्रतिक्षित खखेललाई सेमिफाइनलभन्दा पनि फाइनलकै रुपमा हेरिएको छ ।

साविक विजेता रियल र यो सिजन उच्च लयमा रहेको सिटीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पेप ग्वार्डिओलाको सिटी गत सिजन सेमिफाइनलमै रियलसँग भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

गत सिजन सेमिफाइनलको पहिलो लेगमा सिटी ४–३ ले विजयी हुँदा दोस्रो लेगमा रियलले ३–१ को तथा समग्रमा ६–५ को जित निकालेर फाइनल पुग्दै कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको थियो ।

यो सिजन पनि सेमिफाइनलमै भेट हुँदा दुवै टोली जितको लक्ष्यमा नै मैदान उत्रनेछ । सिल घरेलु मैदानमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो पार्न चहान्छ ।

तीन दिन अअघि मात्रै कोपा डेल रेको उपाधि जितेर अआत्मविश्वासी देखिएको रियलसँग कप्तान करिम बेन्जेमा, ब्राजली विंगरद्धय भिनिसियस जुनियर र रोड्रिगो, टोनी क्रुस, फेडे भाल्भेर्डे, ओरेलिएन चुआमेनी, इडुअआर्डाे कामाभिंगा, डेभिड अलाबा, एन्टोनियो रुडिगर, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् । चोटका कारण भेट्रान मिडफिल्डर लुका मोड्रिचले खेल्ने सम्भावना न्युन छ ।

यता, यो सिजन गोलको वर्षा गर्दै कीर्तिमान रचिसकेको नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड रियलविरुद्ध सिटीको मुख्खखय हतियार हुनेछ । रियलको डिफेन्स र गोलरक्षकलाई यि फरवार्डले निकै व्यस्त राख्नेछन् । यो सिजन ५० गोल पूरा गरिसकेका हालान्डलाई रोक्न गाह्रो हुनेछ ।

हालान्डसँगै टोलीमा रियाद महारेज, ज्याक ग्रेलिस, इल्केए गुन्डोगान, केभिन डि ब्रुएना, बर्नाडो सिल्भा, रोड्री, जोन स्टोन्स, रुवेन डियास र गोलरक्षक एडर्सन मोराएस छन् । यसबाहेक टोलीसँग फिल फोडेन, म्यानुएल एकान्जी र जुलियन अल्भारेज पछि छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.