default_image

2 years ago

May 8, 2023

पुलिस र मनाङको रोमाञ्चक बराबरी

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

पुलिस र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पुलिसका एहमद हिजाजीले दुई गोल गर्दा मनाङका रोशन राना मगर र सायिदजमोल दभ्लातजोनोभले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको १६औं मिनेटमा एहमद हिजाजीको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

३३औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा सायिदजमोल दभ्लातजोनोभले गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

तर, मनाङले त्यो अग्रतालाई दोस्रो हाफमा बचाउन सकेन । ७१औं मिनेटमा हिजाजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पुलिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा रहेको छ । समान २० अंक भएपनि गोल अन्तरमा हिमालयन शेर्पा क्लब पछि छ । पुलिस १६ खेलबाट १६ अंक जोडेर पुछारमा यथावत छ ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो। विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेट सट […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

Success

Thank you for your time.