2 years ago
May 8, 2023
काकाठमाडौं (हाम्रो खेलकुद)– भारतमा यसै वर्ष आयोजना हुने दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा कुवेतसँगै लेवनानले पनि आमन्त्रित टोलीको रुपमा भाग लिने भएको छ ।
दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले सोमबार साफ च्याम्पियनसिपको १४ औं संस्करणमा लेवनान पनि सहभागि हुने जनाएको छ । गत बुधबार साफले कुवेत पनि आमन्त्रित टोलीको रुपमा रहने जानकारी दिएको थियो । लेवनानको फिफा वरीयता ९९ र कुवेतको १ सय ४३ रहेको छ ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गते सम्म बंगलुरुपमा आयोजना हुने तालिका रहेको छ । यसपटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोलीको मात्र सहभागिता रहनेछ । जसमा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेश छन् । फिफाको निलम्बनमा रहेका कारण श्रीलंकाले भाग लिने छैन ।
दुई वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियसिपमा ५ टोलीको सहभागिता रहेको थियो । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल र भारतले फाइनल खेलेका थिए । फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । ३ दशक भन्दा लामो इतिहास बोकेकोब साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनल पुग्न सफल भएको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]