2 years ago
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका स्टार फरवार्ड विमल घर्ती मगर चोटका कारण तीन साता मैदानबाहिर रहने भएका छन् । आइतबार एपिएफविरुद्ध खेलका दौरान दायाँ खुट्टामा चोट लागेपछि विमल विश्राममा रहने भएका हुन् ।
क्लबका फिजियोथेरापिस्ट सुरज भुषालका अनुसार विमलको दायाँ खुट्टाको एन्कलमा सेकेन्ड डिग्री स्प्रेन भएको छ । ‘एपीएफविरुद्ध खेलमा ल्यान्डिङ नमिल्दा चोट लागेको हो । सेकेन्ड डिग्री एन्कल स्प्रेन छ । विश्राम गर्नुपर्ने भएकाले नै स्ल्याब हालेर प्लास्टर गरेका छौं । अब तीन साता विश्राममा रहनेछन्,’ भुषालले भने ।
विमल एपिएफविरुद्ध खेलको पहिलो हाफमा कर्नरबाट हेडर प्रहार गरेपछि ल्यान्डिङ गर्ने क्रममा घाइते भएका थिए । उनले त्यसपछि केही समय मैदानमा खेल्ने प्रयास गरेपनि अत्यधिक दुखाइ भएपछि ३३ औं मिनेटमा मैदान छाडेका थिए ।
जारी सिजन विमलले लिगको सुरुवाती दुई खेल चोटका कारण खेल्न सकेका थिएनन् । विमल नखेलेको दुवै खेलमा मच्छिन्द्र पराजित भएको थियो । विमलको आगमनपछि टोली १२ मध्य ११ खेलमा अपराजित रहेको थियो । उनले १३ खेल सुरुवात गर्दै ४ गोल समेत गरेका थिए ।
विमलले प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको रणनीतिक प्रशिक्षणमा पनि स्थान बनाएका थिए । उनले साफ च्याम्पियनसिप खेल्ने टोलीमा स्थान बनाउने बलियो सम्भावना रहेको अवस्थामा यो चोटले त्यसमा ठूलो धक्का दिएको छ ।
विमलले अब तीन साता मैदानबाहिर रहेसँगै लिगको बाँकी खेल गुमाउने देखिन्छ । यसैपनि सुजल श्रेष्ठ र रंजित धिमाल पलायन भएपछि चेन्चो ग्याल्सेनको चोटले पिरोलिएको मच्छिन्द्रलाई विमलको अनुपस्थितिले लिग उपाधि रक्षा गर्न कठिन हुने भएको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]