default_image

1 year ago

May 8, 2023

पिएसजी विजयी, लियोनको रोमाञ्चक जित

236 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानकाे शीर्षस्थानमा रहेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हात पार्दा लियोनले रोमाञ्चक जित निकालेको छ ।

पिएसजीले घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत पारेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेसँगै भिटिन्हा र फावियन रुइजले गोल गरे । घरेलु टोली ट्रोएसका जेभियर चाभालेरिनले एक गोल फर्काए ।

ट्रोएसमा आइतबार राति भएको खेलको आठौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिन सफल भएको थियो । उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसको तीन मिनेटपछि फावियनले गोल गर्दै पिएसजीलाई ३–१ को सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३४ खेलबाट ७८ अंक पुगेको छ । लिग वानमा चार खेल बाँकी रहँदा पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लेन्सको ७२ अंक छ । पराजित ट्रोएस ३४ खेलबाट २२ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

लिग वानकै अर्काे खेलमा लियोनले मोन्ट पेलिएरमाथि ५–४ को रोमाञ्चक जित निकालेको छ । सुरुवाती अग्रता लिएको लियोन त्यसपछि ४–१ ले पछि परेपनि सानदार प्रदर्शन गर्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

लियोनको जितमा एलेसान्द्रे लाकाजेटले ह्याट्रिकसहित चार गोल गर्दा डिजेन लोभरेनले एक गोल थपे । मोन्टपेलिएरका इलयि वाहीले ह्याट्रिकसहित चार गोल गरेपनि जितको लागि पर्याप्त भएन ।

३१औं मिनेटमा लाकाजेटको गोलबाट लियोनले अग्रता बनाएको थियो । तर, त्यसपछि लियोनले ५५ मिनेटभित्र चार गोल खाएपछि टोली ४–१ ले पछि परेको थियो ।

खेलमा पछि परेको लियोनले अन्तिमसमयसम्म गोलको श्रृंखला जारी राख्दा इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा लाकाजेटले पेनाल्टीमा गोल गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो ।

यस जितले लियोन ३४ खेलबाट ५६ अंक जोडेर सातौं स्थानमा छ । पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १२औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.