2 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा जित हासिल गरेको छ ।
किकस्टार्टले आइतबार बिहान भएको खेलमा सेल्टिक क्विन्स एफसीलाई ५–० ले हराएको छ । टोलीका जितमा सरु र रेनुका दुवैले गोल गरेका थिए । सरुले यसअघिका खेलमा गोल गरकी थिइन् भने जारी लिगमा रेनुकाको त्यो पहिलो गोल हो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेनुकाले ५२ औं मिनेटमा गोल गरेकी थिइन् ।
त्यसअघि किओको एलिथावेथले ३३ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेकी थिइन् । देभनेता रोयले ३५ औं र लाइस्राम बिबिचा देवीले ४३ औं मिनेटमा गोल गरेकी थिइन् । टोलीका लागि अन्तिम गोल सरुले ६६ औं मिनेटमा गरेकी थिइन् । अर्को खेलमा राष्ट्रिय टोलीकी अनिता बस्नेत आबद्ध लर्डस् एफए कोची ओडिसा एफसीसँग ५–० ले पराजित भएको थियो ।
४ खेलका चौथो जितका साथ किकस्टार्ट १२ अंकका साथ तेस्रो स्थानमा छ । समान अंकका साथ ओडिसा दोस्रो स्थानमा तथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित आबद्ध सेथु १५ अंकसहित शीर्षस्थानमा छ । लर्डस ३ अंकका साथ छैटौं स्थानमा छ ।
सेथुले आइतबार बिहान भएको खेलमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई ५–० ले हराउँदै जारी लिगमा लगातार पाँचौं जित हासिल गरेको थियो । राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध गोकुलम केरेला एफसी १३ अंकसहित समूह एको शीर्षस्थानमा रहेको छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]