2 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित आबद्ध सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ ।
सेथुले आइतबार बिहान भएको खेलमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई ५–० ले हराउँदै जारी लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । पहिलो रोजाईमा पोष्ट सम्हाल्दै एन्जिलाले ७३ औं मिनेट खेलेको खेलको ४१ औं मिनेटमा काजोज डिसोजाले पहिलो गोल गरेकी थिइन् । डोरकास सिकोबेले ४७ औं, इभी फेथ एन्टिनो र किबरण पेस्दाले इन्जुरी समयको दसौं मिनेटमा गोलगरेकी थिइन् ।
५ खेलमा १५ अंकका साथ सेथु समूह बीमा शीर्षस्थानमा रहेको ओडिसा १२ अंकसहित ओडिसा एफसी तथा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीको पनि १२ अंक छ र टोली तेस्रो स्थानमा छ ।
राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध गोकुलम केरेला एफसी १३ अंकसहित समूह एको शीर्षस्थानमा रहेको छ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]