2 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो गोल गर्ने क्रममा संकटाविरुद्ध टोलीलाई सुरुवाती अग्रता दिलाए । संकटाले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबर गर्दा आर्मीले जित हासिल गर्न सकेन, तर कप्तान भरतले निकै लामो समयदेखिको गोल खडेरी तोडे ।
ए डिभिजन लिगको गत संस्करणको तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध खेलको एकमात्र गोल गरेका भरतले त्यसयता लिगमा गोल गर्न सकेका थिएनन् । संकटाविरुद्ध १८ औं मिनेटमा गोल गर्नुअघि उनले १ हजार ४ सय ५८ मिनेट गोलबिना बिताए । आइतबार एन्फा कम्प्लेक्सको मैदानमा जिलेस्पीले दिएको पासलाई भरतले पेनाल्टी क्षेत्र भित्र लग्दै फिनिस गरे ।
गत सिजन गोल गरेपछि उनले चोटले सताउँदा केहि खेल गुमाए पनि । पटक पटक गोलको नजिक पुगेपनि उनले खडेरी तोड्न सकेका थिएनन् । गत सिजन आर्मी लिगमा अपराजित रहेपनि दोस्रो स्थानमा रहेको थियो । त्यसअघिको सिजन पनि आर्मी अन्तिम खेलमा लिग जित्न बन्चित भएको थियो ।
भरतले यस सिजन ११ खेल सुरुवात गर्दा एक खेलमा बेन्चबाट मैदान प्रवेश गरेका छन् । उनले ३ खेल भने चोटका कारण गुमाएका थिए । गत सिजन पनि उनले लिगको १३ मध्य १० खेलमा मात्र सुरुवात गरेका थिए । थ्री नेसन्स कपमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका भरतले पहिलो खेलमा सुरुवात नै गरे ।
पछिल्ला सिजन आर्मीको अग्रपंक्ति सम्हाल्दै आएका भरत यस सिजन भने फरक भूमिकामा देखिएका छन् । आक्रमणमा नवयुग श्रेष्ठ र जिलेस्पी जंग कार्कीले अग्रपंक्ति सम्हाल्दा भरतले मिडफिल्डबाट साथ दिइरहेका छन् । जगजित श्रेष्ठ र दिनेश हेन्जन विंगमा हुँदा भरतको आक्रमणमा भूमिका अझ संकीर्ण बनेको छ । आर्मीको पेनाल्टी टेकर नवयुग भएकाले पनि भरतको गोल संख्या बढ्न सकिरहेको थिएन ।
लामो समयपछि गोल गरेपनि भरत संकटाविरुद्ध जितबाट बन्चित भएकोमा धेरै निराश देखिए । ‘आज जितेको भए उपाधि होडमा हुने थियौं । अन्तिम समयमा संकटाले पेनाल्टी पाएर गोल गर्यो । आज जितेको भए शीर्षस्थानको टोली सँग अझ अन्तर कम हुने थियो,’ उनले आफ्नो गोलको बारेमा प्रश्न गर्दा भने ।
भरतले गोलको खडेरी नै तोडिएको बारेमा प्रश्न गर्दा चोट र भूमिका फेरिंदा गोल नै गर्न नसकेको बताए । ‘अब पछिल्लो सिजन पनि चोटका कारण केहि खेल गुमाए । यसपटक पनि सिजनको सुरुवातमा चोटले समस्या दियो । अझ यसपाली त टिममा खेलाडी नहुँदा मिडफिल्डमा झरेर खेलिरहेको छु । अन्य खेलाडीले गोल गरेका छन्, टोलीले जित्नु मुख्य कुरा हो,’ उनले भने ।
आर्मीका लागि फरवार्डद्वय जिलेस्पी र नवयुगले लिगमा ५-५ गोल गरिसकेका छन् । डिफेन्समा पनि चोटले सताएको आर्मी अझै पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने भरतले बताए । ‘आजको बराबरीले अलिकति कठिन पक्कै भएको छ । तर हामीभन्दा माथि रहेको अन्य टोलीको अंक हेर्दा पनि भेट्न सकिन्छ जस्तो लाग्छ । दुई खेलमा राम्रो नतिजा हासिल गरे भेट्न सकिन्छ । अझै पनि लिग उपाधि जित्ने लक्ष्य लिएर अघि बढ्नेछौं,’ संकटाविरुद्ध खेलको प्लेयर अफ द म्याच घोषित भएका भरतले भने ।
आर्मीले लिगको १५ खेलमा ५ जित, ६ बराबरी र ४ हारसहित २१ अंक जोडेको छ । यसक्रममा टोलीले १९ गोल गर्दा १६ गोल खाएको छ । आर्मीले अब बुधबार हुने खेलमा नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]