2 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठक सोमबार बस्ने भएकाले छ।
एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत सोमबार दिउँसो २:०० बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।
‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ( २ ) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ।
यसअघिको आपतकालिन बैठकमा ३ उपाध्यक्षसहितको असन्तुष्ट समूहले बहिष्कार गरेको थियो। त्यसका बाबजुद एन्फाले विभिन्न निर्णय गरेको थियो।
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]