default_image

2 years ago

May 7, 2023

संकटाको रेलिगेसन क्षेत्र छाड्ने प्रयास

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ ।

पछिल्लो ५ मध्य ४ खेलमा हार र १ मा बराबरी खेलेको संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो लेगमा यी दुई टोलीको खेल गोलरहित बराबरीमा सकिएको थियो । संकटा १४ खेलमा १६ अंकसाथ १३ औं स्थानमा छ । आर्मी १४ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

संकटाले पछिल्लो खेलमा मच्छिन्द्रसँग ३-१ को हार बेहोरेको थियो । आर्मी पनि पछिल्लो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग इन्ज्युरी समयमा गोल खाँदै १-० ले पराजित भएको थियो ।

दिनकै अर्को खेल एपिएफ र मच्छिन्द्रबीच दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुनेछ । दुवै टोलीले पछिल्लो ५ मध्य १ खेलमा मात्र हार बेहोरेका छन् । पहिलो लेगमा एपिएफले अर्मान्ड बेडमको गोलको सहयोगमा १-० को जित दर्ता गरेको थियो । हाल अंक तालिकामा मच्छिन्द्र १४ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा छ । एपिएफ १४ खेलमा १९ अंक जोड्दै नवौंमा छ ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.