2 years ago
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटो र मनाङले गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
२६औं मिनेटमा साहिदजमोल डाभ्लातजोनोभको फ्रिकिक थोरै अकासियो । ३७औं मिनेटमा विलियम ओपोकु एसेइडुको प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले सहजै बचाए ।
४३औं मिनेटमा कोफी टिमोथी कोउडुले गोल गरेपनि रेफ्रीले अफसनइड रहेको भन्दै गोललाई मान्यता पाएन । ६८औं मिनेटमा कमल थापाले गोल गर्ने सुवर्ण मौका खेर फाल्दा मनाङ अग्रता लिनबाट चुक्यो ।
यस बराबरीसँगै सातदोबाटो १५ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा रहेको छ । मनाङ १५ खेलबाटै १९ अंक जोडेर आठौं स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]