2 years ago
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले ह्याट्रिक पूरा गरेको खेलमा न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ ।
एनआरटीलाई ४–१ ले पराजित गर्दै चर्च ब्वाइज शीर्षस्थानमा उक्लन सफल भएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक तथा सुशिल शाहले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा तीन गोल थप्दा एनआरटीका दिपेश आलेमगरले एक गाेल फर्काए ।
४०औं मिनेटमा सुशिल शाहले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठको कर्नरमा अनमार्क रहेका सुशिले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । कमल श्रेष्ठकै कर्नरमा उनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भएका थिए ।
६१औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० ले अघि बढाए । सुशिल शाहको चलाखीपूर्ण पासलाई अन्जनले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक सन्तोष महतलाई बिट गर्दै दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए ।
त्यसअघि आशिष चौधरीले गोल गरेपनि अफसाइड हुँदा गोलले मान्यता पाएन । ८५औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४–० को अग्रता दिलाए । गगनदीप सिंहको प्रहारलाई एनआरटीका डिफेन्डर अजय चौधरीले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् ।
जारी लिगमा यो तेस्रो ह्याट्रिक हो । यसअघि मछिन्द्रका ओलावाले ओलाडिपो अफिज र एफसी खुमलटारका स्टेफन समिर विनोङले ह्याट्रिक पूरा गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा दिपेश आले मगरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको चर्च ब्वाइजको १५ खेलबाट २७ अंक पुगेको छ । समान खेलबाटै जावलाखेलको २४ अंक छ । पराजित एनआरटीको १५ खेलबाट १७ अंक छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]