default_image

2 years ago

May 6, 2023

तीन क्लबको शीर्षस्थानमा नजर

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन क्लबलाई लिगको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । शुक्रबारको खेलमा जावलाखेल युवा क्लब खुमलटारसँग पराजित भएपछि दोस्रो स्थानको चर्च ब्वाइज, तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानमा रहेको सातदोबाटो युवा क्लबले लिग तालिकामा फड्को मार्ने अवसर पाएका हुन् ।

शनिबार दिउँसो ३ बजे च्यासल मैदानमा चर्च ब्वाइजले न्यु रोड टिम (एनआरटी) को सामना गर्नेछ । पछिल्लो दुवै खेल जितेको चर्च ब्वाइजले शीर्ष खेलाडी चोटबाट फर्केपछि राम्रो प्रदर्शन गरेको छ । फ्रेन्ड्सविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको टोली शीर्षस्थानमा उक्लने प्रयासमा छ । क्लबले अग्रपंक्तिमा भने अझै सुधार गर्न जरुरी छ ।

यता एनआरटीले पनि पछिल्लो समय लय समातेको छ । पछिल्लो ५ मध्य ४ खेलमा अपराजित रहेको टोली रेलिगेसन क्षेत्रबाट टाढा रहन चाहन्छ । राजुकाजी शाक्यलाई आज डिफेन्डर गौरव श्रेष्ठको साथ हुने छैन ।

दिउँसो ३ बजे नै दशरथ रंगशालामा मनाङ् मर्स्याङ्दी र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । लगातार ६ हारको सिलसिलामा पूर्णविराम लगाएको मनाङ विष्णु गुरुङको प्रशिक्षणमा मैदान उत्रनेछ । यद्यपि गुरुङले टचलाइनमा बस्ने पाउने वा नपाउने पक्का भइसकेको छैन । खुमलटारको प्राविधिक निर्देशक पदबाट मुक्त भएर मनाङ आएका उनलाई एन्फाको लिग नियमले बिचमा पारेको छ । एकै सिजन दुइ फरक क्लब हेर्ने पाउने वा नपाउनेबारे नियमवालीमा केहि लेखिएको छैन ।

यता सातदोबाटोले पछिल्लो ५ खेलमा मिश्रित नतिजा निकालेको छ । सम्भावित १५ बाट जम्मा ५ अंक जोडेपछि टोली पुन: लय समात्न प्रयासरत छ । पहिलो लेगमा सातदोबाटोले मनाङलाई १-० ले पराजित गरेको थियो ।

साँझ ६ बजे थ्री स्टार र फ्रेन्ड्स दशरथ रंगशालामा भिड्नेछन् । फ्रेन्ड्सका डिफेन्डर अख्रोर्बेक उक्तामोभ तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । त्यस्तै मिडफिल्डर तोरीक जेब्रिनले पनि चोटका कारण पछिल्लो खेल गुमाएका थिए ।

थ्री स्टार पछिल्लो तीन खेलमा जितविहिन छ । लगातार शीर्षस्थानमा उक्लने अवसर गुमाएको क्लबले गोलरक्षक मोहमद ताहाको कमजोर प्रदर्शनका कारण घाटा बेहोरिरहेको छ । पहिलो लेगमा यी दुईले ३-३ को रोमान्चक बराबरी खेलेका थिए ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.