2 years ago
May 6, 2023
एजेन्सी – ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् ।
ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् ।
२१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा ब्राजिली क्लब फ्लुमिनेन्सबाट च्याम्पियनसिप क्लब वाट्फोर्डमा आबद्ध भएका थिए । त्यसबेला वाट्फोर्ड प्रिमियर लिगमै थियो । टोली त्यही सिजन रेलिगेसनमा तथा अर्काे सिजन पुनः प्रिमियर लिगमा बढुवा भएका थियो । वाट्फोर्ड पुनः रेलिगेसनमा परेको थियो ।
उनले वाट्फोर्डका लागि यो सिजन ११ सहित १०९ खेलमा २४ गोल गरेका छन् । ‘जोआओ हाम्रो दीर्घकालीन लक्ष्य हो । उनलाई युरोपका ठुला क्लबहरुले पनि चासो देखाएको थियो । तर, पेड्रो भित्र्याउन हामी सफल भएका छौं ।’ ब्राइटनका प्राविधिक निर्देशक डेभिड वेयरले भने, ‘उनी युवा प्रतिभा हो । उनले क्लबमा राम्रो गर्न सक्नेमा विश्वस्त छौं ।’
ब्राइटनले प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरलाई पनि अनुबन्ध गर्न नजिक पुगेको छ । यो सिजन सानदार प्रदर्शन गरिरहेको ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । टोली अर्काे सिजन युरोपेली क्लब फुटबल खेल्ने लक्ष्यमा छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]