2 years ago
May 5, 2023
अर्जुन कार्की, बागलुङ
नेपाली सेनाको श्री मेहर गण घोडाबाधेले प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीर गोर्खाली युवा क्लबलाई शुक्रबार १–० ले हराउँदै श्री मेहरले उपाधि जितेको हो ।
३० औं मिनेटमा कप्तान पिताम्बर घर्ती मगरले गरेको गोल खेलको निर्णय बन्यो । वीर गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडी बढेको अवस्थामा प्रकाश निरौलाले दिएको पासलाई कप्तान पिताम्बरले गोल गरेका हुन् । वीर गोर्खालीले दोस्रो हाफमा बराबरीको अवसर सदुपयोग गर्न सकेन । श्री मेहर गणले उपाधिसहित १ लाख ५० हजार र वीर गोर्खालीले ७५ हजार रुपैयाँ प्राप्त गर् ।
बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगितामा बिधागत पुरस्कारमा वीर गोर्खालीका खेलाडीहरुको बर्चश्व रह्यो । वीर गोर्खालीका कप्तान संजिव अर्याल सर्वोत्कृष्ट खेलाडी, सशिल थापा मगर उत्कृष्ट स्ट्राइकर, एलेक्स उत्कृष्ट मिडफिल्डर, जोन उत्कृष्ट डिफेन्डर, श्री मेहर विप्लप गुरुङ उत्कृष्ट गोलरक्षक घोषित हुँदै पुरस्कृत भए ।
प्रतियोगितामा ५ गोल गरेका चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका जोन ग्लोरी सर्वाधिक गोलकर्ता बने भने कालिपुल युनाइटेड क्लब बेनीले अनुशासित टिमको उपाधि जित्यो । यस्तै क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समिति विरुद्ध श्री मेहरका विकास मगरले गरेको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल चुनियो ।
प्रतियोगिताका विजेता उपविजेता टोलीका खेलाडीलाई बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)का ११ टोलीको सहभागिता थियो ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]