2 years ago
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग हार बेहोरेको छ । पुलिस शेर्पासँग २–१ ले पराजित भएको हो ।
शेर्पाको जितमा एवायोमी फकुन्ले र अमृत श्रेष्ठले गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १३औं मिनेटमा फकुन्लेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए ।
त्यसको एक मिनेटपछि नै फकुन्लेको गोलबाट शेर्पाले १–० को अग्रता लिन सफल भयो । खमिर गिल्सन कनदङ्वाको क्रसलाई कसैको निगरानीमा नरहेका फकुन्लेले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
२७औं मिनेटमा पिस्टोन मुताम्वाले गोलरक्षक शत्रुघन अघि बढेको अवस्थामा गरेको फ्लिकलाई अजित भण्डारीले गोललाइन नजिकैबाट बचाउँदै पुलिसको संकट टारे ।
३०औं मिनेटमा सौजन याख्खा राईको गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अजित भण्डारीको फ्रिकिकमा जो आइडोको हेडर पासमा सन्तोष हेमरुनको हेडर क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा अनमार्क रहेका सौजनले गोल गर्न सफल भएका थिए ।
३८औं मिनेटमा सौजनको प्रहार थोरै बाहिरिदा पुलिस अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा रवि शंकर पासवानको प्रहारलाई शेर्पाका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । ४५औं मिनेटमा सौजनको अर्काे प्रहार सदुपयोग हुन सकेन ।
५१औं मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । ३०औं मिनेटमा सन्जित राई घाइते भएपछि उनको स्थानमा मैदान छिरेका अमृतले सुशिल राईको कर्नरमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
त्यसपछि पुलिसले शेर्पामाथि थप आक्रमण बुनेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । पुलिस पहिलो राउन्डमा पनि शेर्पासँग १–० ले पराजित भएको थियो ।
यस जितसँगै शेर्पा १५ खेलबाट २० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित पुलिस १५ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]