default_image

1 year ago

May 5, 2023

एन्जिला आबद्ध सेथुको लगातार चौथो जित

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा लगातार चौथो जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा सेथुले इस्टर्न स्पोर्टिङ युनियनलाई ३–० ले हराउँदै जितको सिलसिलालाई जारी राखेको हो । एन्जिला पहिलो रोजाईमा खेलेकी थिइन् । सेथुलाई जित दिलाउने नोरेम प्रियंका देवी, सुमाती कुमारी र किरण पिस्दाले गोल गरेकी थिइन् । ४ खेलमा शतप्रतिशत नतिजा निकालेको सेथु १२ अंकसहित समूह ‘बी’को शीर्षस्थानमा छ ।

समूह ‘ए’मा भने राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध गोकुलम केरेला एफसी १० अंकसहित शीर्षस्थानमा छ । १६ टोलीको सहभागिता रहेको भारतीय लिगमा २ समूहमा समान ८ टोलीबीच राउन्ड रोविन लिग सञ्चालन भइरहेको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.