default_image

1 year ago

May 5, 2023

मेस्सीले पिएसजी छाड्ने

317 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) छाड्ने भएका छन् ।

विश्व च्याम्पियन मेस्सीले पिएसजीसँग आफ्नो बसाईलाई थप अर्काे एक वर्ष लम्ब्याउने सैद्धान्तिक सहमति भएपनि अहिले क्लब र मेस्सी नै सम्झौता नगर्ने पक्षमा रहेको छ ।

आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरामा मेस्सी विश्वस्त छैनन्, जबकि फ्रान्सेली च्याम्पियन युवा प्रतिभाको विकासमा ध्यान केन्द्रित गर्न चाहिरहेको छ ।

मेस्सीले अर्को वर्षको लागि नवीकरण गर्ने विकल्पको साथ सन् २०२१ मा पेरिसमा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, अब त्यसो नहुने भएको छ । पिएसजीको बजेट अर्को सिजन फाइनान्सियल फेयर प्ले नियमहरूको पालना गर्न सीमित हुन सक्ने भएकाले पनि क्लब त्यो जोखिम मोल्न चाहदैन ।

पिएसजीका कतारी मालिकलाई मेस्सीले सम्झौता गर्न देखाएको अनिच्छाले निराश बनाएको छ । जसले मेस्सीको प्रतिक्रियाको कमीलाई उनी बस्न चाहँदैनन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

३५ वर्षीय खेलाडीलाई क्लबको अनुमति बिना साउदी अरब गएको भन्दै मंगलबार पीएसजीले दुई साताका लागि निलम्बन गरेको छ । दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछन् । पिएसजी फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको छ ।

क्याटलान क्लब बार्सिलोनाले मेस्सीलाई नोउ क्याम्पमा फर्काउन उत्सुक छन् । तर, बार्सिलोनाले आर्थिक मन्दीका कारण बार्सिलोनाले मेस्सीलाई घर फर्काउने सम्भावना असम्भव जस्तै देखिएको छ ।

मेस्सीलाई अनुबन्ध गर्न मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास थालिसकेको छ ।
मेस्सी अझै पनि युरोपेली फुटबलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछन् । मेस्सी पाँचौपटक च्याम्पियन्स लिग जित्ने नजरमा छ । तर, बार्सिलोना जानु असम्भव देखिन्छ ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट योगदान गरेका छन् र गत सिजन लिग १ को उपाधि जितेका छन् । पिएसजी शीर्षस्थानमा ५ अंकले अघि छ । पिएसजी पछिल्लो ११ सिजनमा नवौं उपाधि जित्ने लक्ष्यमा छ ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता रहेका मेस्सीले क्लबको आर्थिक समस्याकै कारण सन् २०२१ मा नोउ क्याम्प छाड्न बाध्य बनेको थियो ।

मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । गत डिसेम्वरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सी आठौं पटक बालोन डिओरको जित्न दावेदार छन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.