default_image

2 years ago

May 4, 2023

एडमाको गोलमा एपिएफ हारबाट बच्यो

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी डिफेन्डर एडमा डोम्वियाले गोल गरेपछि विभागी नेपाल एपिएफ फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट बचेको छ ।

एक गोलले पछि परेको स्थितिमा एडमाले गोल गरेपछि एपिएफले न्युरोड टिम (एनआरटी) सँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

एन्फा कम्लेक्समा बिहीबार भएको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा एनआरटी जितबाट वञ्चित बन्यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

५९औं मिनेटमा लालनुन्जामाले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । कप्तान विक्रम धिमालको क्रसमा अनमार्क रहेका उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए । तर, एनआरटीले त्यो अग्रतालाई अन्तिम समयमा जोगाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा एडमाले गोल गर्दै एपिएफलाई हारबाट जोगाए । सनिश श्रेष्ठको क्रसमा अनमार्क रहेका एडमाले हेडरमार्फत नै बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यसको एक मिनेटपछि एनआरटी १० खेलाडीमा समेटिन पुग्यो । गौरव श्रेष्ठ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । फउलको विषयमा रेफ्रीसँग प्रतिवाद गरेपछि पहिलो हाफकै पहेलो कार्ड खाएका गौरवलाई रेफ्री प्रकाश नाथ श्रेष्ठले उनलाई अर्काे पहेलो काडै देखाउँदै मैदानबाट बाहिर पठाए ।

यस बराबरीसँगै एपिएफ १४ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । एनआरटी समान खेलबाटै १७ अंक जोडेर नवौं स्थानमा छ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.