default_image

2 years ago

May 4, 2023

मच्छिन्द्रले संकटालाई हरायो

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा छिमेकी संकटा क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा विहीबार भएको खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले १-१ गोल गरे । संकटाका जुनियर एन्कुंगेले फर्काएको गोल नतिजा बदल्न पर्याप्त रहेन ।

यस जितसँगै मच्छिन्द्र २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । मच्छिन्द्रले १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजा निकालेको छ । यता संकटा छैटौं हारसँगै ११ अ‍ौं स्थानमा छ । संकटाको ४ जित र ४ बराबरीले १६ अंक छ ।

चौथो मिनेटमै मच्छिन्द्रले सुरुवाती अग्रता लियो । देवेन्द्र तामाङले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै अघि बढाएका थिए । पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापाले समाउन नसक्दा फर्किएको बललाई देवेन्द्रले गोल गरे ।

१९ अ‍ौं मिनेटमा निशेन सुब्बाको क्रसमा विमल घर्ती मगरको हेडर गोलरक्षक टिकेन्द्रले बाँयातर्फ डाइभ दिँदै बचाए । लगत्तै आन्द्रेस नियाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार बिइक बिइकले रोके ।

दोस्रो हाफको ६९ अ‍ौं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्यो । सौरभ लिम्बुको पासमा अ‍ोलावाले आफिजले वन भर्सेस वनको अवस्थामा फिनिस गर्दै लिगमा व्यक्तिगत नवौं गोल गरे । त्यसको २ मिनेटमै आफिजले गोल थपेपनि सहायक रेफ्री नानीराम थापामगरले अफसाइडको लागि झन्डा उठाए ।

७८ अ‍ौं मिनेटमा संकटाले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । निशान खड्काको क्रसमा जुनियर एन्कुंगेले हेडरमार्फत गोल गर्दै स्कोर २-१ बनाए ।

८९ अ‍ौं मिनेटमा विमलले गोल गर्दै जित पक्का गरे । देवेन्द्रको लामो फ्रिकिकलाई उनले पेनाल्टी क्षेत्र भित्र अनमार्क रहेको अवस्थामा गोलको दिशा दिए ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.