default_image

1 year ago

May 4, 2023

रियल म्याड्रिडलाई पछि पार्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो

179 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

बुधबार राति भएको खेलमा क्याडिजलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेपछि एट्लेटिकोले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदानमा एट्लेटिकोको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा अल्भारो मोराटा, यान्निक कारास्को र नाहुएल मोलिनाले समान एक गोल गरे । क्याडिजका एन्थोनी लोजानाले एक गोल फर्काए ।

स्टेडियो सिभिटास मेट्रोपोलिटानोमा बुधबार राति गोलको वर्षा भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट एट्लेटिकोले गोलको खाता खोलेको थियो । २७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एट्लेटिको खेलमा ३–० ले अघि बढ्यो । ५७औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमा गोल गरेपछि एट्लेटिको फराकिलो जिततर्फ अग्रसर बन्यो ।

७२औं मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५–१ को फराकिलो जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३३ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै रियलको ६८ अंक छ । शीर्षस्थानको बार्सिलोनाको ८२ अंक छ । पराजित क्याडिज ३५ अंक जोडेर १५औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.