2 years ago
May 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)–नेपाली खेलाडी सम्मलित ३ अलग अलग क्लबले भारतीय महिला लिग (आइडब्लूएल) मा जित हासिल गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मलित सेथु, सरु लिम्बु र रेनुका नगरकोटे सम्मलित किक स्टार एफसी र रेखा पौडेल रहेको स्पोर्टस उडिसाले सफलता हासिल गरेका छन् ।
एन्जिलाको टोलीले लगातार तेस्रो जित हासिल गर्ने क्रममा बुधबार सेल्टिक क्विन्स एफसीलाई ७–१ ले हराएको थियो । अघिल्लो दुई जितमा पहिलो रोजाईमा रहेकी एन्जिलाले तेस्रो खेलमा भने पहिलो रोजाई थिइनन् । लगातारको जितपछि ९ अंकका साथ सेथु समूह बीको शीर्षस्थानमा छ ।
सरुले २ गोल गरेको खेलमा किक स्टार चर्चिल ब्रदर्शलाई १०–० ले हराउँदै समूहको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । सरुले ३६ औं र ९० औं मिनेटमा टोलीका लागि गोल गरेकी थिइन् । रेनुका भने ६२ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । ३ खेलमा २ खेलब जितेको किक स्टारको ६ अंक छ ।
त्यसअघि मंगलबार भएको खेलमा रेखाले २ गोल गरेको खेलमा काहानी फुटबल क्लबले ३–० को जित हासिल गरेको थियो । रेखाले ११ औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेकी थिइन् । रेखाले ८६ औं मिनेटमा अर्को गोल थपिन् भने निशाले ८७ औं मिनेटमा गोल गरेकी थिइन् । समूह एमा रहेको उडिसा ६ अंकसहित समूह एको तेस्रो स्थानमा उक्लेको छ । ९ अंकसहित सावित्रा भण्डारी सम्बा सम्मलित गोकुलम करेला एफसी समूह एको शीर्षस्थानमा छ ।
बुधबार अर्को खेलमा राष्ट्रिय टोलीकी अनिता बस्नेत सम्मिलित लर्डस् एफसी कोची भने ५–२ ले पराजित भएको छ । अनिताले पहिलो रोजाईमा खेलेकी थिइन् । लर्डस्ले ३ खेलमा १ जित हासिल गरेको छ । टोली समूहको छैटौं स्थानमा छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]