2 years ago
May 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार ६ खेल हारको सिलसिलामा पूर्णविराम लगाएको छ ।
दशरथ रंगशालामा बुधबार त्रिभुवन आर्मी क्लबलाई १-० ले हराउँदै मनाङ विजयी भयो । इन्ज्युरी समयको दोस्रो मिनेटमा कोफी कोउडुले गोल गर्दै मनाङलाई जित दिलाए । विजय श्रेष्ठको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्दै कोफीले दुई डिफेन्डरलाई बिट गर्दै गोल सम्भव पारे ।
मनाङ १४ खेलमा ५ जित, ३ बराबरी र ६ हारसँगै १८ अंकसाथ छैटौं स्थानमा छ । आर्मी यस हारसँगै २० अंकसाथ पाँचौ स्थानमा अवस्थित छ ।
४१ औं मिनेटमा मनाङका रोशन राना मगरले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । गोलरक्षक विकेश कुथुले बचाएको बल पेनाल्टी क्षेत्रभित्र फुस्किएपछि रोशनले गरेको प्रहार पोस्टको बाहिरि भागमा लाग्यो ।
दोस्रो हाफमा जिलेस्पी जंग कार्कीको हेडर क्रसबारमा लागेर बाहिरियो । ८८ अौं मिनेटमा मनाङले खेल जित्ने सुवर्ण अवसर गुमायो । वन भर्सेस वनको स्थितिमा कोफी कोउडुको प्रहार विकेश कुथुले बचाएका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]