2 years ago
May 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लब कुपन्डोलमाथि पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर चर्च ब्वाइजले फ्रेन्ड्समाथि २–१ को पूनरागमन जित दर्ता गरेको हो ।
चर्च ब्वाइजको पूनरागमन जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे । फ्रेन्ड्सका बेन नास क्वान्साको गोल सान्त्वना बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको नवौं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा अन्जान विष्टको हेडर पोल लागेर फर्कदा गोलरक्षक राजा बाबु थापाले बचाउँदा चर्च ब्वाइज अग्रता लिनबाट चुकेको थियो ।
१४औं मिनेटमा बेन नास क्वान्साले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । डोना थापाको फ्रिकिकमा उनले पहिलो बार च्याप्दै गरेको हेडरले जाली चुमेको थियो ।
३७औं मिनेटमा जोसपे बेम्पाको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार थोरै आकासिदा चर्च ब्वाइज बराबरीबाट चुक्यो । ७३औं मिनेटमा डोना थापाको बक्सबाहिरको प्रहारलाई गोलरक्षक प्रिसोले सहजै नियन्त्रणमा लिए ।
८४औं मिनेटमा अन्जन विष्टको फितलो प्रहारलाई गोलरक्षक राजा बाबुले सहजै नियन्त्रणमा लिए । ८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
पेनाल्टी बक्समा रन्जित सिंह पान्द्रेलाई बेन नास क्वान्स र प्रेम बहादुर भण्डारीले फउल गरेपछि रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को पूनरागमन जित दिलाए ।
कमल श्रेष्ठको कर्नरमा फ्रेन्ड्सको क्लियरेन्स राम्रो हुन नसकेपछि मौसम सुब्बाले दिएको पासलाई लक्ष्मण रुचालले क्लियर गर्न नसकेपछि आशिषले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।
यस जितसँगै चर्च ब्वाइज १४ खेलबाट २४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जावालाखेलसँग समान २४ अंक रहेपनि चर्च ब्वाइज हेड टु हेड र गोलअन्तरमा पछि छ । पराजित फ्रेन्ड्स १४ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।
लिगकै अर्काे खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेको छ । शेर्पाको जितमा ६६औं मिनेटमा खामिर गिल्सन कनदङ्वाले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै शेर्पा १४ खेलबाट १७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]