2 years ago
May 3, 2023
एजेन्सी – नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड चम्कँदा इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले लन्डन डर्वीमा चेल्सीलाई पराजित गरेको छ ।
आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि जित्ने सम्भावना जीवितै राखेको हो ।इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलको जितमा ओडेगार्डले दुई गोल गर्दा ब्राजिली फरवार्ड गाब्रियल जेससले एक गोल थपे । चेल्सीका नोनी माडुकले एक गोल फर्काए ।
लन्डन डर्वीले आर्सनलले सानदार प्रदर्शन गर्दै ३४ मिनेटभित्र (१६ मिनेटको अन्तरमा) ३–० को आरामदायी अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । दोस्रो हाफमा एक गोल बेहोरेपनि आर्सनललाई पहिलो हाफको गोल नै महत्वपूर्ण ३ अंक बटुल्न पर्याप्त रह्यो ।
खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाए । उनले ग्रानिट झाँकाको पासमा गोल गर्न सफल भएका थिए ।
३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा जेससले गोल गरेपछि आर्सनलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भयो ।
६५औ मिनेटमा नोनीले माटियो कोभासिसको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले लगातार छैटौं हार बेहोर्दा आर्सनलले चार खेलपछि जित निकाल्न सफल भएको छ । लिड्सलाई ४–१ ले हराएयता आर्सनलले ३ बराबरी र १ हारको नतिजा निकाल्दा उपाधि होडमा धक्का लाग्न पुगेको थियो ।
११ मार्चमा लेस्टरलाई ३–१ ले पराजित गरेयता ९ खेल खेल्दा चेल्सीले जित निकाल्न सकेको छैन । जसमा २ बराबरी र ७ हारको नतिजा छ । यस्तै अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीले लगातार छैटौं हार बेहोरेको छ ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ३४ खेलबाट ७८ अंक पुगेको छ । दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७६ अंक छ । पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा झरेको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]