2 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । पुलिसले जावलाखेललाई २–१ ले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसको जितमा मोसेस र एहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।
खेलको ३५औं मिनेटमा मोसेसको गोलबाट पुलिसले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । अजित भण्डारीको फ्रिकिकमा मोसेसले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
८८औं मिनेटमा एहमद हिजाजीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । मोहम्मद आशिकको चलाखीपूर्ण पासमा हिजाजीले बललाई नियन्त्रणमा लिदै गोलरक्षक अनिश देउला अघि बढेको अवस्थामा बल जित्दै गोल गर्न सफल भए ।
त्यसको एक मिनेटपछि नै विपिन कँडेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विपिनले गरेको क्रसलाई हिसुव थपलियाले फ्लिक गर्ने प्रयास गदौ पुलिसका डिफेन्डर र गोलरक्षक झुक्किन पुगेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो । यस जितसँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पुलिस पहिलो राउन्डमा ६–१ ले पराजित भएको थियो ।
यस जितसँगै पुछारमा रहेको पुलिस १४ खेलबाट १५ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित जावलाखेलले आफ्नो शीर्षतालाई बढाउन सकेन । शीर्षस्थानमा रहेको जावलाखेलको १४ खेलबाट २४ अंक छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]