default_image

2 years ago

May 2, 2023

थ्री स्टार खुमलटारसँग रोकियो

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ ।

च्यासल रंगशालामा थ्री स्टार खुमलटारसँग २–२ गोलको बराबरीमा रोकिएको हो । थ्री स्टारका लाकेन लिम्बु र आदित्य शाक्यले गोल गरे । खुमलटारका मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे ।

खेलको चौथो मिनेटमा नै लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिन सफल भयो । अशोक खवासको क्रस डि बक्समा क्यिलर हुन नसक्दा आदित्य शाक्यको हेडर पासमा लाकेनले हेडमार्फत नै गोल गर्न सफल भए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसुके ओलोमोउले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अजायी मार्टिन्सले अनावश्यक फउल गरेपछि झन्डै ३० यार्डमा प्राप्त फ्रिकिकमा कुनै गल्ती गरेनन् ।

५०औं मिनेटमा स्टेफन समिरले गोल गर्दै खुमलटारले २–१ को अग्रता लिन सफल भयो । उनले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पहिलो बारको पोलमा लाग्दै गोलमा परिणत भयो ।

६८औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । सन्नी व्यन्जनकारको प्रहारलाई खुमलटारका कप्तान रेजिन सुब्बाले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले थ्री स्टारलाई पेनाल्टी प्रदान गर्दा आदित्य चुकेनन् ।

८०औं मिनेटमा विराज महर्जनको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रसबारमा लागेर फर्कदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

यस बराबरीसँगै थ्री स्टारले शीर्षस्थानको जावलाखेल युथ क्लबसँगको अंक दुरी बराबरी गर्ने अवसर गुमाएको छ । दोस्रो स्थानमा रहेको थ्री स्टारको १४ खखेलबाट २३ अंक पुगेको छ । जावलाखेलको १४ खेलबाट २४ अंक छ । खुमलटार १४ खखेलबाट १४ अंक जोडेर १३औं स्थानमा छ ।

एन्फा कम्प्लेक्सको मंगलबारै भएको खेलमा शीर्षस्थानको जावलाखेल नेपाल पुलिस क्लबसँग २–१ ले पराजित भएको छ । पुलिस १४ खेलबाट १५ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.